Rule 7
दोहोरो उपभोक्ता संस्था दर्ता नगरिने

कुनै स्रोतको उपभोग गर्न कुनै उपभोक्ता संस्था दर्ता भई सकेपछि त्यस्तो उपभोक्ता संस्थाले उपभोग गर्ने पानीको परिमाणमा कटौती हुने गरी सोही संस्थाको कार्यक्षेत्रभित्र अर्को उपभोक्ता संस्था दर्ता गरिने छैन ।